नेपाल पुलिस स्कुल धरानले आयोजना गरेको 7th KOSHI PROVINCE INTER-SCHOOL DIGP RUNNUNG FOOTBALL TOURNAMENT-2082 को समुद्घाटन भएको छ । धरान उप-महानगरपालिकाका उप-प्रमुख आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा नेपाल पुलिस स्कुल धरानले साँस्कृतिक नृत्य, साकेला नाच लगायत नेपाल पुलिस स्कुल, एन.सि.सी. लगायत अन्य सहभागी विद्यालयहरुले मार्चपास प्रदर्शन गर्नुभएको थियो । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा भएको नेपाल पुलिस स्कुल धरान र भरौल बाल मन्दिर बराहक्षेत्र सुनसरीबीच भएको उद्घाटन खेलमा नेपाल पुलिस स्कुल धरानले ५-० ले विजयी हुन सफल भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल धरानका जर्सी नम्बर १० समिर राई (टिम क्याप्टेन) उत्कृष्ट खेलाडी घोषित भई नगद तथा मेडल प्राप्त गर्न सफल हुनु भएको छ । कोशी प्रदेश अन्तर्गतका १६ टिमको सहभागीता रहेको यस प्रतियोगिता पौष १९ गतेसम्म सञ्चालन रहने छ । कार्यक्रममा विद्यालय प्राचार्य मनिका सुब्बा राईले स्वागत मन्तव्य, प्रमुख अतिथि आइन्द्र बिक्रम बेघाले मन्तब्य र नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । जिप्रका सुनसरीका प्रमूख प्र.उ. केशब कुमार थेबे, ने.प्र.रा.सु तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी प्रमूख प्र.उ. दिपक गिरी, ने.प्र.प्र.का. विधिविज्ञान इकाईका प्र.ना.उ. उपेश कुमार चौधरी, प्र.ना.उ. सहकुल के.सी., ई.प्र.का. धरानका प्रमूख सैनिक आवासिय महाविद्यालयका सेनानी राधिका बिष्ट, प्र.ना.उ. भीषण बाबु राई,स.प्र.ना.उ. सुदन आचार्य, व्याडमिण्टन संघ केन्द्रिय उपाध्यक्ष शेखर लामा, जि.ट्रा.प्र.का. सुनसरीका प्र.नि. अनिल माबोहाङ, धरान उप.म.न.पा.का शिक्षा अधिकृत ध्रुव खड्का, सुनसरी जिल्ला फुटबल संघको अध्यक्ष नविन राई, पूर्व राष्ट्रिय खेलाडी दिलिप राई, ईन्दु रसाईली, धरान उप.म.न.पा.विभिन्न वडाका वडाअध्यक्ष,पूर्व प्रहरी संगठन नगर कार्यसमितिका पदाधिकारी पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, PABSON सुनसरीका अध्यक्ष दिपक घिमिरे, N-PABSON का अध्यक्ष भगत लिम्बु, विभिन्न मिडियाका मिडियाकर्मी, विभिन्न विद्यालयका प्राचार्य तथा सह-प्राचार्य, धरान नगरका व्यवसायी, शिक्षक तथा प्रहरी कर्मचारी, अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा मिति २०८२।०९।१० गते निधी सेकेण्डरी स्कुल बिर्तामोड, झापा र बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल मोरङबीच हुनेछ ।





















