प्रथम सुनाखरी कपको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरान उप-विजेता भएको छ । आज भएको नेपाल पुलिस स्कुल धरान र एन्फा एकेडेमी (सुनाखरी स्कुल) बीच भएको फाइनल खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राईबेकरमा नेपाल पुलिस स्कुल पराजित भएको हो । उक्त खेलमा पुलिसका तर्फबाट म्यान अफ द म्याच कृष्ण राई, उत्कृष्ट खेलाडी समिर राई हुनुभएको छ । उप-विजेता बन्दै पुलिस स्कुल धरानले ट्रफी, मेडल, नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । सम्पूर्ण टिमलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । नेपाल पुलिस स्कुल धरान, परिवार मिति २०८२।०८,१७ गते, बुधबार ।